पिउने पानीको मिनिरल वाटरभित्र किरा भेटिए



भद्रपुर । झापाबाट उत्पादित केही उद्योगको पिउने पानीमा पिएचको मात्र कम भएको घटना सेलाउन नपाउँदै तृष्णा नामक पिउने पानीको मिनिरल वाटरभित्र किरा भेटिएको छ। झापाको बिर्तामोड नगरपालिका ६ स्थित एचएमएन फुड एन्ड डेभरेज कम्पनीद्वारा उत्पादित तृष्णा प्रशोधन पिउने मिनिरल वाटरको सिलबन्दी बोतलभित्रै किरा भेटिएको हो।

उपभोक्ताले पानी पिउन भन्दै बिर्तामोडको पश्चिम बस स्टेण्ड नजिकैको एक पसलबाट मिनिरल वाटर किनेको र बोतलभित्र सेतो रङको किरा भेटिएको बताइएको छ। उक्त किरा भेटिएको बोतल पत्रकारले प्रमाणका लागि सुरक्षित राखेका छन्। पानी खरिद गर्ने उपभोक्ता बिर्तामोड ९ बस्ने डिल्लीराम दाहालले पानी पिउन मिनिरल वाटर किनेको र लेदो जस्तो देखिएपछि बोतलभित्र हेर्दा  सेतो रङको किरा देखेको बताए।

उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको बताउँदा तृष्णा नामको पानी कम्पनीलाई कारबाही गरिनु पर्ने उनको माग रहेको छ। यता, किरा भेटिएको पानीको बोतलमा सन् २०१९ अगस्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ। अहिले सेक्टेम्बर चलिरहेको छ। केही दिनअघि राष्ट्रिय उपभोक्ता मञ्च झापा र सम्वाद समूह झापाको सचिवालयको सहकार्यमा आयोजित खाद्य प्रविधि तथा गुणस्तर विभागले झापा जिल्लाबाट उत्पादित पानीको पिएच परीक्षण गरेका थिए।

सो परीक्षणमा तृष्णा प्रशोधित पानीमा ६ प्रतिशत पिएचको मात्र भेटियो  सो पानी पिएचको बोर्डर लाइनमा रहेको थियो। पानीको न्यूनतम पिएच ६ देखि ७.५ प्रतिशत हुनुपर्ने मापदण्ड रहेको छ।

सम्बन्धित समाचार