ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा करिव ८ लाख बराबरको क्षति



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा करिव ८ लाख बराबरको क्षति भएकाे छ । ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी हुँदा करिव ८ लाख बराबरको क्षति भएको हाे । मंगलबार बिहान ११ बजेको समयमा गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्ची भान्सा घरमा अचानक आगलागी हुँदा भान्सा घरमा भएको सम्पुर्ण समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ ।

अागलागी बिहान साँढे ११ बजे नियन्त्रणमा आएको थियो भने आगलागीमा अन्य कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार