रवि लामिछानेको हेटौडामा दिएको निवेदनमाथि यस्तो आदेश



काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्म ह त्या प्रकरणमा जिल्ला अदालत चितवनले दिएको आदेशमाथि चित नबुझांई सञ्चारकर्मी रबि लामिछानेले मंगलबार उच्च अदालत हेटौडामा दिएको निवेदनमाथि आदेश आएको छ । उच्च अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मागेको छ।

लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मुद्दामा जिल्ला अदालत चितवनले दिएको आदेशविरूद्ध हेटौंडा इजलासमा निवेदन दिएका थिए।

उक्न निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो।

लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका थिए। उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिए।

लामिछानेको निवेदनमा आफूले आत्म ह८त्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ।

पुडासैनीलाई आत्म ह८त्या गर्न ुदुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश: पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो।

सम्बन्धित समाचार