चन्दा नदिए आ’क्रमणको ध’म्की



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आ’क्रमणको ध’म्की दिएको छ।

उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई ध’म्कीयुक्त पत्र पठाएर च’न्दा मागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियानलाई सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए।

चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चे’तावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन्।

‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र भ्र’ष्टहरूको निशानामा रहेको’ भन्दै चन्द नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको छ।

‘उक्त दलका कार्यकर्ताले तारन्तार ध’म्कीयुक्त सन्देश पठाइरहेका छन्,’ एक बहुराष्ट्रिय कम्पनीका प्रबन्ध निर्देशकले भने। सरकारले भने विप्लवलाई चन्दा नदिन व्यवसायीलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार