रविले किन शलिकराम प्र’करणबारे बोल्न नपाउने कारण देखाऊ आदेश जारी गरे



मकवानपुर । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले हिजो मंगलबार दिएको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले आज कारण देखाऊ आदेश जारी गरेको छ। गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलाशमा भएको बहस तथा पैरवी पछि उच्च अदालत पाटन, हेटौंडाको १ नम्बर न्यायधीश टेकराज नेपालले कारण देखाऊ आदेश जारी गरेका छन् ।

आज जारी उच्च अदालत आदेशमा सो आत्म ह*त्याको विषयमा कुनै पनि सञ्चार माध्यममा प्रकाशन, प्रसारण वा अभिव्यक्ति दिन किन नमिल्ने, विदेश भ्रमण जानु पर्दा अनिवार्य अनुमति किन लिनु पर्ने र मुलुकी फौ*जदारी सं*हिता दफा ६८ बमोजिम प्रति वादी बनाइएका लामिछाने र कँडेलबाट मु द्दा पु*र्पक्षका लागि माग गरिएको ध रौटी रकमको समेत स्पष्ट कारण र आधारको विषयमा प्रतिवेदन पेश गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको छ ।

उच्च अदालतले जिल्ला अदालत, चितवनमा रहेको शुरु प्रमाण मिसिल तथा सरकारी वकिलको कार्यालयलाई समेतलाई जानकारी दिई प्रस्तुत प्रतिवेदन पेश गर्न आदेश भएको लामिछाने र कँडेलको पक्षमा बहस गरिरहेका अधिवक्ता राजेन्द्र सेढाईले बताएका छन् ।करीब २ साता भित्र प्रतिवेदन पेश हुने, सो पछि मु द्दाको विषयमा सुनुवाई हुने बताईएको छ । प्रतिवेदन पछिको लामिछाने र कँडेलको पक्षमा बरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरु सुनिल कुमार पोखरेल, रोजेन्द्र सेढाई र अमृत कुमार लामा समेतले बहस गर्ने बताईएको छ ।

गत भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौ*जदारी कार्य विधि सं*हिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मु द्दा पु*र्पक्ष गरि पाऊँ भनी सञ्चारकर्मी लामिछाने र कँडेलले हिजो निवेदन दर्ता गराएका थिए । पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या दुरु*त्साहन प्रक*रणमा चितवन जिल्ला अदालतले उनीहरुलाई जनही ५ लाख र ३ लाख ध रौटीमा रि हा गरेको थियो ।

सम्बन्धित समाचार