बेरोजगार भएर बसेका दलित समु्दायको उद्यमिहरुलाई सिलाई मेसिन हस्तान्तरण



दमक । झापाको दमक नगरपालीकाले दलित उद्यमिहरुलाई सिलाई मेसिन बितरण गरेको छ ।
बुधबार नगरपालीकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि दलित उद्यमिहरुलाई सिलाई मेसिन हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सिप भएका तर आर्थिक अवस्था कमजोर भएका नगरका बिभिन्न वडाका १७ जना दलित समुदायलाई हस्तान्तरण गरिएको थियो । जसमा १३ थान सिलाई मसिन ,१३ थान कैची , ३ थान छालाको सामग्री सिलाई गर्ने मेसिन र १ थान इन्टरलक मेसिन हस्तान्तरण गरिएकोे नगरपालीकाले जनाएको छ । नगरपालीकाको आर्थिक बर्ष २०७५÷०७६को दलित लक्षित बजेट बाट बिनयोजित ३ लाख रुपैयाको लागत बराबरको सो सामग्रीहरु बितरण गरिएको हो ।

नगरका सिप भएका तर अर्थिक अवसथा कम्जोर भएकै कारण बेरोजगार भएर बसेका दलित समु्दायहरुको जिवन स्तर उकास्नको लागी १७ जना उद्यमीहरुकोे पहिचान गरि सो सामग्री बितरण गरिएको दलित सशिक्तकरण अभियान उपभोक्ता समितिका अध्यक्ष राणबहादुर बराइलीले जानकारी दिनुभयो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रोमनाथ ओलीले नगरको सहकार्यमा बितरण गरेको सो सामग्रीहरु घरमा लगेर राख्ने मात्र हैन समुहगत रुपमा उत्पादनमुलक काममा सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । त्यसै गरी उपप्रमुख गिता अधिकारीले दलित समुदायमा शिक्षाको अभाब अझै खड्की रहेकाले सबैले आफ्ना बालबलीकाहरुलाई बिद्यालय पठाउन जोड दिनुभयो । नगरपलीकाको सहकार्यमा भएको कार्यक्रम दलित सशिक्तकरण अभियान उपभोक्ता समितिको आयोजनामा भएको थियो ।

सम्बन्धित समाचार