प्रहरीबाट ट्रक चालक कुटिएपछि दोषी प्रहरीमाथि कार्वाही गर्न आइजीपी खनालको निर्देशन



काठमाठौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले रसुवाको टिमुरे घटनाको छानविन गरी दोषीमाथि कार्वाही गर्न निर्देशन दिनुभएको छ । रसुवामा हिजो प्रहरीबाट ट्रक चालक कुटिएको भिडियो भाइरल भएपछि आइजीपी खनालले दोषी प्रहरीमाथि कार्वाही गर्न निर्देशन दिनुभएको हो । प्रहरीले चालकलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि खनालले त्यस घटनाबारे तत्काल छानविन गर्न जिल्ला प्रहरीलाई निर्देशन दिनुभएको हो ।

घटना कसरी भयो ? भन्नेबारेमा यथार्थ बुझनका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । चालकले पहिला हात छाडेको र नियन्त्रणमा लिने क्रममा प्रहरीबाट हातपात भएको स्वीकारेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरीबाटै त्यस्तो काम हुनु दुखद भएको भन्दै आइजीपी खनालले घटनाको तत्काल छानविन गरी दोषीमाथि कार्वाही गर्न निर्देशन दिइएको प्रष्ट पार्नुभयो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । पार्किङमा राखिएको कन्टेनर हटाउन प्रहरीले आग्रह गरेको थियो । सो आग्रहलाई बेवास्ता गर्दै अटेर गरेरपछि प्रहरीले नियन्त्रणमा लिन खोजेका थिए । प्रहरीले चालकलाई आमाचकारी गाली गरेपछि मुख नछाडन भन्दा कुटपिट भएको थियो । चालक अशेष तामाङलाई समात्ने क्रममा प्रहरीले चार लात्ती हानेको स्पष्ट भिडियोमा देखिएको छ । तर, प्रहरी अधिकारीहरु नै प्रहरीले नियन्त्रणमा लिनलाई नै लिउँ कि नलिउँ जस्तो गरेको देखिएको बताउँछन् । त्यसरी नियन्त्रणमा लिने व्यक्तिलाई च्याप्पै समाएर लडाउने र हात बाँध्ने प्रचलन छ ।

रसुवा नाकामा यो घटना मात्र पहिलो भने होइन । सो नाकामा अरुबेला पनि प्रहरीबाट चालकहरु कुटिएको अन्य चालकहरुले बताएका छन् । प्रहरीले भने तस्करहरुमाथि प्रहरी निर्ममताका साथ कारवाहीमा उत्रिने गरेकाले यो भाइरल भिडियोका आधारमा उचालेर चालकहरुलाई बोल्न लगाएको बताउँछन् ।

सम्बन्धित समाचार