शिवसताक्षी नगर अध्यक्षमाथि छुरा प्रहार



झापा । नेकपा निकट युवा संघ नेपालका शिवसताक्षी नगर अध्यक्षमाथि बुधबार छुरा प्रहार भएको छ ।

युवा संघका नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि बिहान छुरा प्रहार भएको हो । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा वडा अध्यक्षसँग कुरा गरिरहेको बेला घटना भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राई माथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट घाईते भएका राईको बिर्तामोडको बिएण्सी अस्पतालमा उपचार भइरहेको छ। वडा अध्यक्ष केहरशिह बस्नेतका अनुसार कुराकानी भइरहदा एक्कासी आक्रमण भएको थियो । उनले भने, ‘उहाँसँग मेरो समसामयीक विषयमा कुरा भइरहेको थियो, सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हाने।’

घाईते राई खतरा मुक्त रहेको बिएण्सी अस्पताल बिर्तामोडले जनाएको छ। छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केही खुल्न सकेको छैन। तिम्सिनालाई ईलाका प्रहरी कार्यलय झिलझिलेको प्रहरी टोलिले तत्कालै गिरफ्तार गरेको छ।

सम्बन्धित समाचार