केर्खाबाट लागूऔषधसहित तीन जना पक्राउ



झापा।  झापाको कमल गाउँपालिका ३ केर्खाबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध बिक्री भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा प्रहरीले ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको कमल गाउपालिकाका काशिराम पोखरेल, दमक नगरपालिकाका सपन सरदार र मोहमद सरदार रहेको प्रहरी चौकी केर्खाका प्रमुख प्रहरी सहायक निरीक्षक अशोक दर्नालले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले २५ एम्पुल डाईजापाम, २५ एम्पुल लुपिजेसिक र २५ एम्पुल फेनारागन बरामद गरेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले जानकारी दिए । नियन्त्रणमा लिईएका युवालाई लागूऔषध ऐन अन्तरगत कार्वाही अगाडी बढाईने डिएसपी सुब्बाले बताए ।

सम्बन्धित समाचार