प्रहरी हुँ भन्दै धम्की दिएर रकम असुल्ने २ जना ठमेलबाट पक्राउ



काठमाडौं ।  प्रहरी हुँ भन्दै धम्की दिएर रकम असुल्ने २ जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ।  तेह्रथुम आठराई घर भई हाल सामाखुशी बस्ने भक्तबहादुर लिम्बु र ताप्लेजुङ जिल्ला जिल्ला  ताप्लेथोक घर भई सामाखुशी नै बस्ने हिमाल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो। स्वयम्भु गैरीगाउँ वडा.नं- २ बस्ने आनन्द छोरोदी (धर्म गुरु)लाई आफु अपराध महाशाखाको असई हुँ भनी डर-धम्की दिई अवैध रुपमा रकम असुल गरेको निवेदन दिएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए।

सम्बन्धित समाचार