जिल्ला अस्पताल संखुवासभाका लागि ३८ थान कम्मल तन्ना निशुल्क उपलब्ध



संखुवासभा । जिल्ला अस्पताल संखुवासभाका लागि नेपाल रेडक्रस सोसाइटि संखुवासभाले ३८ थान कम्मल तन्ना निशुल्क उपलब्ध गराएको छ ।
अस्पतालमा एक कार्यक्रमको आयोजना गरि कमल हस्तान्तरण गरिएको अस्पतालका अध्यक्ष एवम् जिल्ला सम्वन्यय समितिका प्रमुख सुमन शाक्यको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस सोसाइटिका अध्यक्ष सरोज वज्राचार्यले कमल हस्तान्तरण गरेका हुन् ।

१५ वेड रहेको जिल्ला अस्पतालमा तत्काल ५० वेड हुने तयारि रहेको र यस विचमा अहिले अस्पतालको प्यासेजमा समेत वेड बनाएर ३८ वटा वेडमा विरामिहरुले उपचार गराइरहेको हुदा सोहि आधारमा ३८ थान कमल वितरण गरिएको वज्राचार्यले वताए । कार्यक्रममा पत्रकार मानव अधिकारकर्मि लगाएतका उपस्थिति रहेको थियो

सम्बन्धित समाचार