स्वास्थ्य चौकीको बेचिएको डिफ्रिज फिर्ता, किन फिर्ता गरेत



पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-२, इम्बुङमा रहेको स्वास्थ्य चौकीको बेचिएको डिफ्रिज फिर्ता भएको छ।   यसअघि ४५ हजार रुपैयाँमा स्वास्थ्य चौकीको डिफ्रिज किनेका भनिएका स्थानीय रुपनारायण नेम्बाङलाई उक्त रकम फिर्ता गराएर डिफ्रिज फिर्ता गराइएको वडाध्यक्ष बहादुरसिं नेम्बाङले बताए। उनका अनुसार फिर्ता गराउन आवश्यक रकम तत्कालीन स्वास्थ्य चौकी इञ्चार्ज चन्द्रसिं कार्कीले बेहोरेका छन्।

सरुवा हुनुभन्दा पहिले यसअघि रुपनारायणले आफ्नो पैसा दिए डिफ्रिज फिर्ता दिने थाहाखबरकर्मीसँग बताएका थिए। केही महिना अगाडि सरुवा भएर गृह जिल्ला हुम्ला पुगेका कार्कीले स्वास्थ्य चौकीमा ल्याब राखिँदा पूरै सामग्री नभएपछि सापटीस्वरूप आफूले २० हजार ७०० रुपैयाँ लगाएर आवश्यक सामग्री खरिद गरेको भन्दै सरुवा भएर जाने बेलामा उक्त रकम उठाएको भन्ने आशय व्यक्त गरेका थिए। यससँगै उनले स्वास्थ्य चौकीको लेखापरीक्षण गराएको र ल्याबको सामानको बिलसहित करिब ७ हजार रुपैयाँ पनि छोडेको बताएका थिए।

सम्बन्धित समाचार