‘फुलन्देको आमा’ ताम्कु आउँदै




ताम्कु । दशैको अवसरमा सिलिचोङ गाउँपालिकाको ताम्कुमा आयोजना गरिने कार्यक्रममा फुलन्देको आमा (उमेश राई) ले प्रस्तुती दिने भएका छन् । असोज १३ गते सम्पन्न हुने कार्यक्रममा पछिल्लो समय बहुचर्चामा रहेको फुलन्देको आमा सँगै गायक सचिन राईको पनि प्रस्तुती रहने भएको छ ।

सिलिचोङ समाज नेपालको आयोजनामा सम्पन्न हुने कार्यक्रममा सुरेन्द्र पुलामी, संयोगान्त कुलुङ, बुद्धि लिम्बु लगायतले पनि प्रस्तुति दिने भएका छन् । सिलिचोङ क्षेत्रमा जमघट बढाउने र ब्यावसायीक प्रबद्र्धनमा सहयोग पुराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक उमेश चाम्लिङले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न तयारी तिब्र भईरहेको समेत संयोजक चाम्लिङले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न आयोजक संस्थाको आफ्नो कुनै कोष नभएकोले प्रायोजक तथा सहयोगीहरुको खोजीमा रहेको समेत चाम्लिङको भनाई छ ।

https://www.youtube.com/watch?v=9mjJ5Agpxa8&t=117s

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..