चिट नचोरुन् भनेर प्रशिक्षार्थीलाई कार्डबोर्ड,अभिभावकले जनाए विरोध



मेक्सिको । मेक्सिकोमा हालै ‘हाइस्कुल’का विद्यार्थीको परीक्षामा शिक्षकले लगाएको एक अनौठो नियम थाहा पाउने धेरैलाई अचम्भित बनाउँछ ।

हालै प्रशिक्षार्थीहरुले चिट नचोरुन् भनेर एक शिक्षकले उनीहरुको आँखाको दुबै पट्टी ‘कार्डबोर्ड’ लगाइदिएका थिए । तर यस्तो हर्कत गरेकोमा ती शिक्षक ‘सस्पेन्ड’ भएका छन् ।

परिक्षामा विद्यार्थीहरुले चिट चोर्ने चलन धेरै भएपछि ती शिक्षकले यस्तो गरेको बताइन्छ । स्थानीय मिडियाका अनुसार मेक्सिकोको तियाक्साला राज्यस्थित यस्तो घटना भएको हो ।

यस्तो घटना मिडियामा सार्वजनिक भएपछि विद्यार्थीका अभिभावकले समेत विरोध जनाएका छन् । विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ । शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

घटना बाहिरिएपछि प्रहरीले पनि यसबारे अनुसन्धान गरिने जनाएको छ । यस्तै सामाजिक सञ्जालमा पनि यसबारे टिका टिप्पणी भइरहेको छ । अधिकांशले ती शिक्षकमाथि ठट्टा गर्नुका साथै आलोचना गरेका छन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..