रवि की श्रीमतीले गरिन् आत्महत्या



काठमाडौं। धादिङका एक युवकले श्रीमतीसँग आफूलाई मनमा लागेको शंकाबारे सोध्दा श्रीमतीले आत्मह*त्या गरेकी छिन् । युवक आत्मह*त्या दुरुत्साहन अभियोगमा चितवन जेल पुगेका छन् । धादिङको छेपाङ गाउँका रवि रने सेढाइ अहिले चितवन कारागारमा बसेर आत्मह*त्या दुरुत्साहन मुद्दाको पुर्पक्ष गरिरहेका छन् जनआस्था साप्ताहिकको समाचार अनुसार रवि केही वर्ष अघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए ।

रविले मलेसियाबाट मेहनतको कमाइ पत्नीलाई पठाइरहे । तर, फर्किएर आउँदा कमाइ केही पनि बाँकी थिएन । रविलाई आफ्ना आमाबाबुले पो त्यो रकम खर्च गर्थे कि भनेर चितवन \ भण्डारामा पिप्लेमा गएर सोधिखोजी गरे । आफूले पठाएको रकमबारे पत्नीलाई सोधे, खोजे, जबाफ पाएनन् ।त्यही बीचमा रविले अर्को सूचना पाए – उनी विदेश हुँदा उनकी पत्नीले गर्भनिरोधक चक्की पिल्स खान्थिन् । त्यसपछि उनले यसबारे पत्नीलाई सोधे । सम्भवतः आफ्नो अवैध सम्बन्धको पोल खुलेपछि त्यही कुराले पीडा भएर नारायणीको तीरमा पत्नीले आत्मह*त्या गरिन् । यही कारण रवि चैतदेखि आत्मह*त्या दुरुत्साहन मुद्दाको पुर्पक्ष अन्तर्गत कारागारमा छन्

सेतोकलम डटकमबाट

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..