बडादशैँको उत्तम साइत सार्वजनिक



काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको दशैँको टीका साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए। समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ। यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उनले गौतमले बताए।

सम्बन्धित समाचार