सुन काण्डमा मुछिएका खत्रिलाई विमानस्थलको उपप्रबन्धकबाट हटाईएयो



पर्यटनमन्त्रि योगेश कुमार भटराइको निर्देशनमा सुन तस्करिमा मुछिएका किशोर कुमार खत्रिलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उपप्रबन्धकाट हटाईएको छ ।
आईतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारिहरुलाई विमानस्थलमा नराख्न मन्त्री भटराईले निर्देशन दिएका थिए । लगत्तै नागरिक उड्यन प्राधिकरणले खत्रिलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ । खत्रि २२ वैशाख २०७४ मा तस्करि गरेर ल्याउदै गरेको ४० तोला सुन सहित पक्राउ परेका थिए । त्यसवेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारि रहेका उनले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गरेका थिए । एक्सरे मेशिनमा चेकजाचका क्रममा सुन भेटिएपछि भन्सार कार्यलयले उनलाई पक्राउ गरेको थियोृ । तर छानविनका क्रममा सुन तस्करिमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उनि झपाको चन्द्रगडिमा कार्यरत थिए । पछिल्लो समय काजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आएका थिए । तर मन्त्रि भट्टराइले यस्ता विवास्पद कर्मचारिलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगडि पठाइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । मन्त्रि भट्टराईले विमानस्थलको कर्मचारिलाई कार्यलयले समयमा मोवाएल नचलाउन समेत निर्देशन दिईसकेका छन् । उनले त्रिभुवन विमानस्थल राष्ट्रको ईज्जतसंग जोडिएको स्थल समेत भएकाले कर्मचारिले सोहि अनुसार अनुसाशित र मर्यादित भएर राष्ट्रको प्रतिष्ठा कायम हुने गरि काम गर्नूपर्ने वताएका छन् ।

सम्बन्धित समाचार