एसिड आक्रमणमा परेकी मुस्कान खातुनको शल्यक्रिया सम्पन्न



काठमाडौं। एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनको आज शल्यक्रिया गरिएको छ ।

गत शुक्रबार विद्यालय जाँदा एसिड आक्रमणमा परेकी १४ वर्षीय मुस्कानको कीर्तिपुर अस्पतालमा शल्यक्रिया गरिएको हो । एसिडले अनुहार, घाँटी र हातमा असर गरेको उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।

पुनः शल्यक्रिया गर्नु नपर्नेगरी नै शल्यक्रिया गरिएको भन्दै डा. भण्डारीले उनी खतरामुक्त भने भईनसकेको बताए ।

सम्बन्धित समाचार