चन्द्र सतहमा हराएको भारतको यान पल्टेको अवस्थामा भेटियो



चन्द्र सतहमा हराएको भारतको यान पल्टेको अवस्थामा भेटिएको छ । चन्द्रयानको विक्रम ल्यान्डर चन्द्र सतहमा ढल्केको अवस्थामा रहेपनि एकै ढिक्का रहेको छ । ल्यान्डर टुटेको छैन र काम गर्ने सम्भावित अवस्थामा छ ।

एकै ढिक्का रहेपनि यो पल्टिएको छ । ल्यान्डरसँग सम्पर्कको प्रयासमा वैज्ञानिकहरु जुटेका छन् । सम्पर्क स्थापित भएमा यानले केही न केही मात्रामा काम गर्नसक्ने आशा गरिएको छ ।

सतहमा पुग्नुभन्दा २.१ किलोमिटर माथिबाट सम्पर्क विच्छेद हुँदा यसले कठिन अवतरण गरेको पत्ता लागेको छ । गति घटाउँदै लगिएको अवस्थामा सम्पर्क विच्छेद हुँदा भारतको चन्द्रमामा यान सफलतापूर्व अवतरण गर्ने प्रयास विफल भएको थियो ।

चन्द्र सतहमा भेटिएको विक्रम ल्यान्डरसँग चन्द्रयादवले सम्पर्क स्थापना गर्न प्रयास गरिरहेको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोनको अधिकारीलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । चन्द्रयान २ मा ल्यान्डर विक्रम थियो र विक्रमसँग प्रग्यान रोभर थियो । योजना अनुसार विक्रम चन्द्रयानबाट अलग भएर चन्द्र सतहतर्फ बढेको थियो । हल्का अवतरण गरेर प्रग्यान बाहिर निस्केर परीक्षणहरु गर्ने थियो ।

शनिबार विहान अवतरण गर्नुपर्ने यान वेपत्ता भएपछि इसरोनका वैज्ञानिकहरुले खोजी तिव्र पारेका थिए । यान आइतबार भेटिएपछि भारतीय वैज्ञानिकहरुमा आशा पलाएको थियो । चन्द्रयान- २ ले चन्द्रमालाई घुमिरहँदा क्यामरामार्फत् सतहमा रहेको विक्रम ल्यान्डरको तस्बिर खिचेको जनाइएको छ । इशरोनका प्रमुख के सिभनले दुई हप्तासम्म यानसँग सम्पर्क कायम गर्ने प्रयास गरिने बताएका थिए ।

सम्बन्धित समाचार