पेट्रोलियम पदार्थ औपचारिकरुपमा आयात सुरु



बारा। मोतिहारी–अमलेखगन्ज ‘पेट्रोलियम पाइपलाइन’को उद्घाटन भएसँगै पेट्रोलियम पदार्थ आयात औपचारिकरुपमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत् एकैसाथ ‘स्वीच’ थिचेर पाइपलाइनको उद्घाटन गरेसँगै पेट्रोलियम पदार्थको आयात सुचारु भएको हो ।

बहुप्रतिक्षीत मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइको गत असारमा सफल परीक्षण र शुद्धताको जाँच भइसकेको थियो ।

मंगलबार दुवै देशका प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गरेसँगै औपचारिकरुपमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु भएको हो ।

दुलहीझैं सिँगारिएको बारास्थित अमलेखगन्ज डिपोमा आयोजित कार्यक्रममा ‘एनओसी’, ‘आइओसी’, सुरक्षाकर्मी र पेट्रोलपम्पका पदाधिकारीको उल्लासमय उपस्थिति थियो ।

अमलेखगन्ज डिपोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम र आइओसीको निरन्तर मिहिनेतका कारण समयअगावै परियोजना सम्पन्न भएको बताए ।

नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा १६ हजार किलोलिटर भन्डारण गर्ने ट्यांकी निर्माण गरिएको छ ।

पाइपलाइनका कारण ढुवानीको वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी बचत हुने बताइएको छ ।

पर्यावरण विनास, ढुवानी गर्दा हुने दुर्घटना र चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।

आयोजनाको २०७४ चैतमा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर शिलान्यास गरेका थिए ।

७० किलोमिटर लम्बाइ रहेको पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर लम्बाइ छ ।

पाइपलाइनबाट प्रतिघन्टा २०० किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।

भारतीय आयलका प्रमुख जेपी सिन्हाले दक्षिण एसियामै पहिलोपटक ‘क्रस बोर्डर’ पाइपलाइन सन्चालन गरिएको भन्दै खुसी व्यक्त गरे ।

पाइपलाइनको सम्झौता पाँच/पाँच वर्षमा नवीकरण हुने र तेस्रो मुलुकबाट पनि नेपालले इन्धन आयात गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..