सूचना प्रविधिलाई बलियो बनाउन राष्ट्र बैंकको निर्देशन



काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो सूचना तथा प्रविधि प्रणालीलाई बलियो बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरी गरेपछि राष्ट्र बैंकले सूचना प्रविधिलाई बलियो बनाउन निर्देशन दिएको हो ।

आफ्नो वेबसाइट, मोबाइल एप, आधिकारिक सामाजिक सन्जाल तथा सूचना प्रविधि प्रणालीमा साइबर आक्रमण, मालवेर भइरस, रनसमवेर जस्ता बाह्य जोखिमलाई सुरक्षित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना चोरी तथा चुहावट, आर्थिक जोखिमलाई नियन्त्रण गर्न प्रविधिक पक्ष सुदृढ गर्ने व्यवस्था गर्न, अद्यावधिक गर्न, सूचना आदान प्रदान गर्न, भुक्तानी आदेश गर्दा एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

सम्बन्धित समाचार