चेकमा हस्ताक्षर नमिले,ब्यालेन्स नभएमा कालोसूचीमा पर्ने



काठमाण्डौ । बैंकमा चेक लिएर रकम लिन जाँदै हुनुहुन्छ भने ध्यान दिनुहोस् । अब चेकमा गलत हस्ताक्षर गरेमा या खातामा ब्यालेन्स नभएमा कालोसूचीमा पर्नेसम्मको कारबाही भोग्नुपर्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो । खातामा रकम नभएको अवस्थामा पनि चेक काटिदिने, खराब नियतले गलत हस्ताक्षर गर्ने प्रवृत्ति बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो निर्देशन ल्याएको हो ।

तर अज्ञानताका कारण चेकमा गलत हस्ताक्षर गर्नेलाई भने यसबाट असर पर्ने छैन । एकपटक चेकमा गलत हस्ताक्षर भए सम्बन्धित व्यक्ति, फर्म, कम्पनी तथा संस्थाले नयाँ चेक काट्न वा सही हस्ताक्षर गर्न ७ दिनको समय पाउनेछन् ।

यसरी दिइएको समयभित्र पनि चेकको हस्ताक्षर गलत भएमा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी र संस्था कालोसूचीमा पर्ने सम्भावना हुन्छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..