झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले जीवन मरणको दोसाँधमा



धादिङ । झाँक्रीले जण्डिसको उपचार गर्ने भनेर धादिङका एक युवकको पेटमा ब्लेडले प्वाल पारिदिएपछि उनको अवस्था गम्भीर भएको छ । केही समय अघिबाट जण्डिसले थला परेका नीलकण्ठ नगरपालिका वडा न ९ का ३९ वर्षीय राजु मगरलाई सोही नगरपालिका वडा न ३ का गजबहादुर लामाले ठुलो रकम लिएर निको पार्ने भन्दै दुई ठाउँमा प्वाल पारिदिएका हुन् ।

पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले मगरको जीवन मरणको दोसाँधमा छ । जिल्ला अस्पतालमा आमस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकोले थप उपचारका लागि हिजो काठमाण्डौ स्थित विर अस्पतालमा प्रेषण गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ । विरामी मगरको मगरको ०७६ भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका मगरले बताए ।

उपचारको क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए । सोही बेला उपचारका लागि भनेर जण्डिस तानेको, औषधी दिएको र बिकार तानेको भनेर विरामीसंग ८ हजार ३ सय ८० रुपैयाँ रकम लिएर ब्लेटले देब्रेपटी पेटमा चिरेको राजुकी श्रीमति विमलाले बताएकी छिन् ।

सम्बन्धित समाचार