सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको एमबिबिएस प्रवेश लिने बाटो खुल्यो



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबिबिएसको प्रवेश परीक्षाको बाटो खुलेको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको एमबिबिएस प्रवेश परीक्षाको बाटो आइतबारको फैसालाले खोलिदिएको हो। सर्वोच्चका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र डा मनोज कुमार शर्माको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला गरेको हो।

यसअघि विद्यार्थी आयुष ओझाले हालेको रिटउपर अन्तरिम आदेश दिँदै अदालतले प्रवेश परीक्षा गर्न रोक लगाएको थियो। भदौ २१ गतेका लागि तय भएको परीक्षा सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले रोक्दै सम्बन्धित सबैलाईलाई छलफलमा बोलाएको थियो। ‍सो रिटमाथि आइतबारको बहसपछि अन्तरिम आदेशलाई निरन्त्ररता दिन नपर्ने आदेश दिएको हो।

प्रवेश परीक्षा नियमसंगत नभएको भन्दै विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए। विद्यार्थीले माग पूरा नभएसम्म एमबिबिएस, बिडिएस, नर्सिङलगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि प्रवेश परीक्षा हुन नदिने बताएका छन्। समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन्।

सम्बन्धित समाचार