झापामा अबैध कुखुराका चल्ला नष्ट



झापा। ससस्त्र प्रहरी बल औद्योगिक शुरक्षा गुल्म झापाले अबैध कुखुराका चल्लाहरु नष्ट गरेको छ ।
औद्योगिक शुरक्षा गुल्म झापाले कमल ५ पाडाजुङगी स्थीत चेक पोइन्टमा यात्रुबहाक बस चेक जाँचको क्रममा सो अबैध कुखुराका चल्ला फेला गरेको हो ।

बरिष्ठ हवलदार रुद्रबहादुर पराजुलीको कमाण्डमा खटिको ७ जनाको टोलीले नियन्त्रणमा लिइएको बताइएको छ । पछिल्लो समय बर्डफुल्यको जोखिम बृद्धि भकोले यो चल्ला पनि भारतबाट आयतीत हुन सक्ने भन्दै नष्ट गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

सो चल्ला पुर्बबाट पश्चिम जादै गरेको मे १ ख २६५२ नम्बरको यात्रुबहाक बसमा गिरिराज जातको १सय बडि चल्ला बेबारिसे अवस्थामा फेला परेको औद्योगिक शुरक्षा गुल्म झापाका प्रमुख असोककुमार शाक्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार