आम्दा अस्पताल दमकमा जन्मीयो तालु नै नभएको बच्चा !



 झापाको दमक स्थित आम्दा अस्पतालमा प्रसुती गराउन आएकी एक महिलाले फरक प्रकृतीको शिशुलाई जन्म दिएकी छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ मधुमल्लाकी गुराँस कार्कीले टाउकोको माथिल्लो भाग, तालु बिनाको शिशुलाई जन्म दिएकी हुन् । आम्दा अस्पतालका फेमेली फेजिसियन डा. प्रकाश शर्माका अनुसार गर्भावस्थामा पोषिलो खानेकुराको अभाव हुँदा र नियमित स्वास्थ्य परिक्षण नगराएमा यस प्रकारका समस्या हुने गरेको बताएका छन ।

२४ वर्षिया गुराँश र ३० बर्षीय सुजनको दोस्रो सन्तानको रुपमा जन्मीएकी छोरीको तालु नभएको अवस्थामा जन्म भएपछि यसको उपचार हुन्छ कि हँुदैन भन्दै परिवारजनमा चिन्ता थपीएको छ । आर्थीक अवस्था समेत कमजोर रहेको कार्की परिवारमा तालुनै नभएको शिशु जन्मिएपछि थप संकट आईलागेको छ । बाबु सुजन कार्की घर बनाउने डकर्मी काम गर्दै आएको बताएका छन ।

सोमबार दिनै भर दमक स्थित आम्दा अस्पतालको बेड नं ४३ मा रहेकी गुराँश कार्कीले बिना तालुको शिशुलाइ जन्म दिएपछि हेर्नेहरुको भिड लागेको हो । चिकित्सकका अनुसार तत्काल बच्चाको स्वास्थ्य अवस्था सामन्य रहे पनि टाउकोको अप्रेशन भन हुन नसक्ने बताएका छन ।

सम्बन्धित समाचार