रविकै कारण विदेशको जेलबाट छुटेर एक नेपाली नेपाल फर्किन सफल



काठमाडौ । न्युज २४ नेपालले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ साङ्बारीकी ६१ बर्षीया कुमारी गुरुङको पीडा कार्यक्रममा देखाएका थियौं । राजेगारीको खो*जीमा मलेसिया गएका कुमारी गुरुङका जेठा छोराले भाईलाई पनि मलेसिया नै बोलाएका थिए ।

११ बर्ष अघि मलेसिया पुगेका रामबहादुर गुरुङ र उनका भाई नेत्रबहादुर गुरुङले मिलेर आमा बुबालाई पैसा पठाउँथे । तर, त्यसै बेला कान्छा भाई रामकहादुर गुरुङको मलेसियामै मृत्यु भयो । कान्छा छोराको मृत्युको पीडाबाट बाहिर निस्कन नपाउँदै परिवारमा अर्को दुख पर्यो । जेठा छोरा पनि मलेसियाको जेलमा परे ।

लामो समय सम्पर्क विहीन भएका रामबहादुर गुरुङले जेलबाटै परिवारलाई म्यासेजमा- ‘म जेलमा परेको छु, साथमा पासर्पोट नभएपछि कति समय जेलमा राख्छ टुंगो हुँदैन रहेछ । आउन पनि सक्छु जीवनभर जेलमै बित्न पनि सक्छ ।नआत्तीकन बस्नु। दुतावास तिर यताउता पहल ग-यो भने आउन पनि सक्छु होला…’ लेखेर पठाएका थिए ।

न्युज २४ नेपालले कार्यक्रममा देखाएपछि अहिले भने रामबहादुर गुरुङको उद्धार भएको छ । उनी मलेसियाबाट सकुशल नेपाल फर्केपछि आफ्नी आमालाई ल्याएर न्युज २४ नेपालको कार्यालय आएका छन् । बुढेसकालको साहारा आफ्नो छोरा फर्केपछि अहिले कुमारी गुरुङ खुसी छिन् । अब उनको छोराको घरजम गर्ने ईच्छा छ ।

सम्बन्धित समाचार