प्लाष्टिकको बाल्टिनभित्र लागूऔषध बोक्ने एक पक्राउ



वीरगञ्ज । बाराबाट प्रहरीले प्लाष्टिकको बाल्टिनभित्र अवैद्य लागूऔषध लुकाएर ल्याउँदै गरको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१३ फुलवरियाका १९ बर्षीय अलि हुसेन मियाँ धोवी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरका अनुसार अवैध लागूऔषध अनरेक्स १ सय एमएल ४० बोतल र निट्राभेट ट्याबलेट १५० थानसहित उनी पक्राउ परेका हुन् । उनले प्लाष्टिकको बाल्टिनको पिँधमा लागूऔषध राखी माथीबाट ग्रिसको लेप लगाएर ल्याएका थिए ।

प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले कलैया–१० स्थित कलैया–मटिअर्वा सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतको आदापुर तर्फबाट टेम्पो चढेर आउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार