ओखलढुङ्गामा व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण



ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।

पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरेका हुन् ।

शेर्पा पुल निर्माण र बाटो मर्मतका लागि दुई लाख ५० हजार रुपैयाँ  भन्दा बढी रकम खर्च गरेका छन् ।

खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको थामथोले आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र सुनुवारले बताए । थामथोले आधारभूत विद्यालयका स्पोन्सरसमेत रहेका शेर्पाको पहलमा खोलामा पुल बनेपछि थामथोले आवि, फूलमती माविसहितका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र गाउँपालिकाको केन्द्र आवतजावत गर्ने स्थानीयवासीलाई सजिलो भएको प्रअ सुनुवारको भनाइ छ ।

सम्बन्धित समाचार