अक्कर दुर्घटनाः यो हो बेपत्ताहरुको नामावली




सङ्खुवासभा, असोज १ गते । गयराती सङ्खुवासभाको अक्कर भिरमा भएको जीप दुर्घटनामा परि बेपत्ता भएकाहरुको नामावली सार्वजनिक भएको छ । दुर्घटनामा परि वेपत्ता भएकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले प्रमाणीत गरेको हो ।

दुर्घटनामा पर्नेहरुमा चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ बर्षिय प्रमेश थापा मगर र उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे रहेका छन् । त्यस्तै, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ र उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका बच्चा समिर श्रेष्ठ रहेका छन् । निमोनियाको बिरामी बच्चाको उपचार खाँदबारी अस्पतालमा हुन नसकेपछि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

लगातार बर्षाको कारण वेपत्ताहरुको खोजी गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । लामो समयदेखि पानी परेपछि अरुण नदिमा पानीको सतह बढेको थियो । प्रहरीका अनुसार सडकबाट सिधै अरुण नदिमा खसेको जीप समेत देखिएको छैन । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिव ४० किलोमिटर टाढा छ ।

सम्बन्धित समाचार