गोताखोर टोलीले पनि भेटेन जीप, भोली विहानैबाट खोजिने (भिडियो सहित)




खाँदबारी । संखुवासभाको अक्कर भिरमा भएको जीप दुर्घटनापछि अरुण नदिमा बेपत्ता भएकाहरुको खोजी गर्न गोताखोर टोली जिल्ला आएर खोज्न थालेको छ । विहिबार हेलिकप्टरबाट तुम्लिङटार झरेर घटनास्थल पुगेका उनीहरुले पहिलो दिन पेपत्ताहरुलाई भेटेका छैनन् ।

विहिबार अबेर घटनास्थलमा पुगेकोले पर्याप्त समय नहुँदा केही फेला नपरेको हो । विहिबार अवेरसम्म घटनास्थलमा नै रहेका उनीहरुले शुक्रबार विहानबाट नै खोजी कार्य सुरु गर्ने बताएका छन् । घटना स्थलमा करिव हजार भन्दा बढी स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । त्यस्तै, जिल्लाका जनप्रतिनिधीहरु, राजनितिक दलका प्रमुख, सरकारी तथा गैह्रसरकारी कार्यालयका कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार