प्रदेश १ लाई मानसिक रोगीरहित बनाइने



मोरङ । शनिबार बिहान झण्डै ७ बजेर ३० मिनेट गएको थियो । सिप विकास तालिम केन्द्रमा रहेको प्रदेश सरकारका मन्त्री जीवन घिमिरेको निवासमा निकै चहलपहल थियो । केही बेरमै मन्त्री घिमिरेसहित सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई र प्रहरी निरीक्षकको टोली त्यहाँबाट निस्कियो । मन्त्री घिमिरेको निवासको उत्तर–पश्चिमतिर केही मानिसको भिड थियो । त्यहाँ केही पत्रकार र स्थानीयको भिड देख्दा लाग्थ्यो, पक्कै केही भएको छ ।

त्यहाँ पुगेका सञ्चारकर्मीहरु पनि के भएको हो भन्ने आश्चर्यमा थिए । एक्कासी सचिव र मन्त्रीको गाडी देखेका स्थानीयले किन आएका होलान् भनेर सोधखाेज गर्दै थिए । तीमध्ये केहीले अब प्रदेश सरकारले गाउँ र शहरमा भएका मानसिक सन्तुलन गुमेका व्यक्तिहरुको उद्धार गर्ने रे ! भनेर कुराकानी गर्दै थिए ।  त्यही बिचमा देखिइन्, एक महिला ।  गाडीसहित विराटनगर महानगरपालिका– ३ मा रहेको हस्तबहादुर कार्कीको घरमा पुगेको टोलीले त्यहाँ मानसिकरुपमा अस्वस्थ भएकी दुर्गा कार्कीलाई भेट्यो । ४५ वर्षीया दुर्गा विक्रम संवत २०४९ सालदेखि मानसिक रोगी भएपछि उपचारको लागि काठमाण्डौ र राँची पनि लगियो तर उपचार सम्भव नभएपछि फर्काएर ल्याएको परिवारकाे भनाइ ।

संस्थाबाट मानसिक रोगी भएकाहरुलाई उपचार गर्न मन्त्री ज्युले सहयोग गर्ने भनेर सबै टोली नै आएपछि पठाउन लागेको उनका श्रीमान हस्तबहादुर कार्कीले बताउनुभयाे । ती महिलाका जेठा छोरा ३३ बर्षका छन् । उनका २ भाई छोरा एउटी छोरी हुन् ।  उपचार गर्नका लागि धेरै ठाउँमा लगे पनि आर्थिक समस्याका कारण उपचार हुन नसकेको कार्कीले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार