घरायसी विवादमा बन्चरो प्रहार,२ जना घाईते



ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका १ मोलीफस्कु का ५५ बर्षीय हर्कजितराईले घरायसी विवादमा बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् ।

घटना गए राती शनिबार राती ११ बजेको हो । उनले स्थानीय ७२ बर्षीय बृषबहादुर राई र उनको श्रीमती ६५ बर्षीय रत्नमाया राईलाई बन्चरो प्रार गरेर घाइते बनाएको हो । उनको बञ्चरो प्रहारबाट शरिरको बिभिन्न भागमा गम्भीर चोट लागेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी निसंखेबाट गएको टोलीले घाईतेलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाएको थियो । साथै, घटनामा संलग्न हर्कजितलाई बन्चरोसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार