इलाम कारागारमा एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या



इलाम । इलाम कारागारमा एकैपटक ७६ जना कैदीबन्दी बिरामी भएका छन् ।

एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या भएको छ । पाँच दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएका हुन् । धेरै जना कैदीबन्दी बिरामी भएपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए ।

उनले एकैपटक अस्पताल लैजान असम्भव भएकाले चिकित्सक नै बोलाएर अहिले बिरामीको चेकजाँच भइरहेको जानकारी दिए ।

इलाम कारागारमा ७२ पुरुष र ४ महिला बिरामी परेका छन् । एक सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा अहिले २३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार