कार्टुन उद्योगमा आगलागी



चितवन । चितवनको भरतपुर महानगरपालिका-४ दुर्गा चोकस्थित युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ ।

नारायणगढ बजारमा रहेको युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो ।

मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् ।

आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएको आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित समाचार