स्काभेटरले च्याप्दा घटनास्थलमै मृत्यु



सोलुखुम्बु । स्काभेटरले च्याप्दा सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गर्ने क्रममा घटना भएको हो।  मंगलबार दिउँसो १२:०० बजेको समयमा उक्त घटना भएको बताइएको छ। घटनास्थलमा प्रहरी चौकी पत्तालेको टोली प्रस्थान गरिसकेको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

सम्बन्धित समाचार