ट्याक्टरले ठक्‍कर दिंदा मोटरसाइकल चालकको मृत्यु



विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो ट्याक्टरले ठक्‍कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  को २ त २८३२ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिँदा दुर्घटना भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-१० का ४६ वर्षीय विमल न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा घाइते न्यौपानेको पथरी अस्पतालमा उपचारका क्रममा १ बजे मृत्यु भएको खिँउजुले बताए । ट्याक्टर, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार