पैनीले बगाएर बृद्धकोमृत्यु



विराटनगर ।  मोरङको लेटाङ नगरपालिका–२ बुधबारेका एक बृद्धको पैनीले बगाएर मृत्यु भएको छ । ७५ वर्षीय खड्गबहादुर मगरको घर नजिकै रहेको नक्साल पैनीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले जानकारी दिए । उनकाअनुसार दिसा गर्नका लागि भनेर बृद्ध घरबाट गएराति बाहिर निस्किएको जानकारी परिवारले प्रहरीलाई दिएको छ ।

धेरै समयसम्म घर नआएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेर खोजी गरेका थिए । बृद्धको बगाएर मृत्यु भएको अवस्थामा शुक्रबार बिहान शव भेटिएको जवेगुले बताए । पोस्टमार्टमका लागि उनको शव उर्लाबारीको मंगलबारे अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक जवेगुको भनाइ छ।

सम्बन्धित समाचार