घरमा आगलागी, अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति



सुनसरी ।सुनसरीको रामधुनी नगरपालिका ६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आज बिहान सवा ११ बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर खड्काको घरमा आगलागी भएको थियो । टिनको छाना भएको एक तले कच्ची घर पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी खड्काको २ वटा बाख्राको पाठा समेत जलेर मरेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने १२ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार