कोठा खोजिदिने बहानामा युवतीलाई होटलमा लगेर जबर्जस्ती गर्न खोज्ने जीप चालक कारागार चलान



खोटाङ ।  कोठा खोजिदिने बहानामा युवतीलाई होटलमा लगेर जबर्जस्ती गर्न खोज्ने जीप चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

उदयपुरको कटारीबाट जीप चढेर दिक्तेल आएकी युवतीलाई कोठा खोजिदिने भन्दै होटलमा पुर्‍याएर जबर्जस्ती गर्न खोजेको उजुरीका आधारमा त्यही जीपका चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

युवतीलाई जबर्जस्तीको प्रयास गर्ने चालकको नाम र ठेगाना गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनुभयो ।

चालकसँगै युवतीमाथि जबर्जस्तीको प्रयास भएको घटनालाई रकममा मिलाउन खोज्ने दुई भारतीय नागरिक पनि पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । उनीहरुको पनि नाम खुलाइएको छैन ।

सम्बन्धित समाचार