खोटाङमा दलित सहकारी’ संस्था स्थापनाको काम सुरु



खाेटाड । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालिएको छ । पिछडिएका समुदायमा पर्ने दलित परिवारलाई बचत गर्ने र सो बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालेको हो ।

आर्थिक र सामाजिकरुपमा पछाडि परेका दलित समुदायको उत्थान गर्न ‘दलितसँग सहकारी’ कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “दलित समुदायमा छरिएर रहेको पूँजीलाई एक ठाउँमा बचत गर्ने र सो रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै उनीहरुको आर्थिकस्तर उकास्ने उद्देश्यले एक वडा एक दलित सहकारी संस्थाको अवधारणा कार्यान्वयनमा ल्याइएको हो”, उहाँले भन्नुभयो, “दलित समुदायका सदस्य मात्र सहभागी गराएर स्थापना गरिने सहकारीको विधान बनाउनदेखि स्थापनासम्मको काममा गाउँपालिकाले नै सहयोग गर्नेछ ।”

सात वटा वडा रहेको सो गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी संस्था स्थापना गर्न बीउ पूँजीस्वरुप आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच लाख रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सहकारी संस्था स्थापनाका लागि दलित समुदायलाई विधान निर्माण, सहकारी दर्ता, आवश्यक तालीम, व्यवस्थापनलगायतका काममा गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..