दुई लेनको मोटरेवल पक्कीपुल सन्चालनमा,पोखरा र तराईसँगको दूरी छोटो हुने



पाल्पा । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७, गौरीघाटमा निर्माण भएको दुई लेनको मोटरेवल पक्कीपुल सन्चालनमा आएको छ ।

पुल सन्चालन भएसँगै पोखरा र तराईसँगको दूरी अझ छोटो हुने भएको छ ।

पाँच वर्षअघिसम्म पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर क्षेत्रका स्थानीहरुलाई चारपांग्रे गाडीबाट कालीगन्डकी नदी वारपार गर्न राम्दी वा नारायणीको पुल तर्नुको विकल्प थिएन ।

तर, पछिल्लो समय ठाउँठाउँमा मोटरेवल पुलनिर्माण भएसँगै नारायणी र राम्दी पुग्नुपर्ने बाध्यता हटेको छ ।

कालीगन्डकी नदीको हुगी, केलादी, खर्सान घाटमा केही वर्षअघिदेखि पुल सन्चालनमा आइसकेको छ ।

सडक डिभिजन पाल्पाअन्तर्गत् सपना हिमदुङ एन्ड थोकर जेभीले डिजाइन एन्ड विल्ड मोडलमा प्रिस्टेस र आरसीसी प्रविधिमार्फत् पुल निर्माण सम्पन्न गरेको छ ।

२०७५ वैशाख १२ भित्र सक्ने गरी २०७१ मंसिर २८ गते सम्झौता भएको पुल एक वर्ष समय थपेर निर्माण सम्पन्न भएको हो ।

सम्बन्धित समाचार