दलित बिहे गर्दा बाबुको किरियाबाट बञ्चित



भोजपुर । भोजपुर आम्तेकका ३२ वर्षीय चन्द्र खड्का असोज ३ गते काठमाडौं पुगे। उनलाई बैदेशिक रोजगारीको सिलसिलामा कतार जान भिषा प्रक्रिया मिलाउनु थियो। तर काठमाडौं पुग्नासाथ घरबाट बाबुको देहान्तको खबर पाएपछि तीन दिन लगाएर घर फर्के। घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काको अगुवाइमा बाबुको अन्त्येष्टिपछि काजकिरिया सुरु भएको थियो।

दाजुकोमा कर्म सुरु भएपछि किरिया बस्न पुगेका चन्दलाई दलितसँग विवाह गरेको भन्दै किरिया बस्न नदिएपछि उनी एक्लै १३ दिने किरियाकर्ममा लागे भन्ने खबर छ। दलितकी छोरी बिहे गरेको कारण आफ्नै दाजु र समाजबाट बहिस्कृत भएर बाबुको मृत्यु संस्कार पुरा गर्न बसेका छन्। ‘यो कस्तो समाज, अनि कस्तो धर्मसंस्कार? मैंले मेरो जन्मदिने बाबुको किरियापुत्री बस्न पनि पाइँन, मेरो के दोष?’ उनले गुनासो पोखे, ‘दलित बिहे गरें भन्दैमा मलाई घर र समाजले बहिष्कार गर्ने, मेरी पत्नी पनि त मान्छे हुन्।’

सम्बन्धित समाचार