खोलाले बगाएर १ को मृत्यु



 

खोटाङ।  खोटाङको बराहपोखरी गाउँपालिका ६ मौवाबोटे का ५६ बर्षीय दलबहादुर बि.क.को खोलाले बगाएर मृत्यु भएको छ ।

आज दिउँसो २ बजेको समयमा स्थानमा रहेको दुक्चेङबा खोलाले बगाई रुखमा अड्की मृत्यु भएको अबस्थामा उनलाई स्थानीयले फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित समाचार