अरुण तेस्रो जलविद्युत आयोजनाको काम २५ प्रतिशत सम्पन्न



संखुवासभा । अरुण तेस्रो जलविद्युत आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ। ९०० मेगावाटको उक्त आयोजनाको कामा निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको आयोजनाले जनाएको छ। मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ। फ्याक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७९० मिटर पुर्‍याइएको सतलज कम्पनीले जनाएको छ।

११ किलोमिटर रहेको सुरुङ मार्ग आठ स्थानबाट खन्ने काम धमाधम चलिरहेको छ।  अरुण तेस्रो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रशारण लाइनको विद्युत् बिस्तार तीव्र बनाएको छ। विद्युतबिना निर्माण कार्यमा ढिलाइ हुने भन्दै निर्माण स्थल साइड फ्याक्सिदा र पावर हाउस दिदिङमा विद्युत् पुर्‍याउन तिरतिरे सब स्टेसनबाट ३३ केभी प्रशारण लाइनको पोल गाड्ने काम सम्मपनी गरी तार टाग्ने काम सुरु गरेको जनाएको छ।

टा«न्स मिसनलाइनको जग्गा अधिग्रहणका लागि सातवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी मुआब्जा निर्धारण गर्न सहमति अन्तिम चरणमा पुगेको जनाएको छ। अरुण तेस्रोले हालसम्म विभिन्न क्षेत्रमा ८ अर्ब ८० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको सतलज कम्पनीले जनाएको छ। आयोजनाका लागि ड्याम फ्याक्सिदा र पावर हाउस पुखुवामा २ हजार ४०० भन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेको छन्।  पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजना सम्पन्न गर्न एक खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ। यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त विकास सम्झौता पिडिएमा उल्लेख छ।

थाहा खबर 

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..