बालविवाह बढ्दै



बर्दिया । जिल्लामा पछिल्लो समय बालविवाह बढ्दै गएको छ। उमेर नपुगी धेरै किशोर किशोरीले बालविवाह गर्ने गरेका छन्। केही समयअघि परिवारका कारण हुने गरेको बालविवाह क्रमिक रुपमा घट्दै गए पनि किशोर किशोरीहरू यो चपेटामा पर्ने गरेका छन्।  १० देखि १९ वर्ष मुनिका किशोरीले बालविवाह गर्ने गरेको पाइएको छ। विशेष गरी वालिका र महिलाको सवालमा बालविवाहले एउटै मात्र अधिकारको उल्लंघन नगरी उनीहरूको जीवन चक्रमा थुप्रै अधिकारको उल्लंघन श्रृंखला सिर्जना गरी थप हिंसामा पर्ने अवस्थालाई निम्त्याइ दिन्छ। बालविवाह उच्च रहेका मुलुकहरू मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ।

दक्षिण एशियामा बालविवाहमा नेपाल  बंगलादेश र भारतपछिको तेस्रो स्थानमा छ। २०६८ मा गरिएको जनगणना अनुसार विवाहित जनसंख्याको तथ्यांकले १० देखि १९ वर्षभित्र विवाह गर्नेको संख्या जम्मा विवाहित जनसंख्याको ४८.९५ प्रतिशत देखाएको छ।  चेतनाको अभाव, सही सूचनाको अभाव, विद्यालय पहुँचको अभाव, किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक वहिस्कार जस्ता पक्षहरूले गर्दा बालविवाह भइरहेको छ।

सम्बन्धित समाचार