ढुक्क हुनुहोस, टुटेदेउराली सडक दशैअघि नै हिड्न लायकको बन्छः सांसद राजेन्द्र गौतम




खाँदबारी । चाड पर्वको बेला सङ्खुवासभा बाहिर बसेकाहरु हज्जारौको संख्यामा जिल्ला भित्रिन्छन् । तर जिल्ला भित्रिने सडकको हालत भने भनिसाध्य छैन ।

धनकुटा हुँदै जिल्ला भित्रने बसन्तपुर हुँदै टुटेदेउराली मुडे सडक करिव २ किलो मिटर हिलाम्य भएपछि सवारी साधनले बाटो पार लगाउन हम्मेहम्मे पर्छ । लेगुवा तुम्लिङटारको बाटोको हालत पनि उस्तै छ । कच्ची र हिलाम्य सडक पार गर्न यात्रुहरुले ज्यानको बाजी नै राख्नु पर्ने अवस्था छ ।

यस विषयमा प्रतिनिधी सभाका सांसद राजेन्द्र प्रसाद गौतमले दशैमा जिल्ला आउनेहरुको सहजताको लागि सडकको स्तर उन्नती गरिने बताउनुभएको छ । खाँदबारी एफ एमको कार्यक्रम संवाद डबलीमा बोल्नुहुँदै सांसद गौतमले यस्तो बताउनुभएको हो ।

यात्रु र सवारी साधनको सहजताको लागि दशै अघि नै टुटेदेउराली मुडे सडकको स्तरउन्नती गरिने उहाँले बताउनुभएको हो । यसको लागि प्रदेश १ को सडक डिभिजन कार्यालय र सडक डिभिजन कार्यालय तुम्लिङटारसँग कुरा भईसकेको र त्यहाँका प्राविधिकहरुले अनुगमन समेत गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बेला अर्को बाटो खनेर विकल्प खोज्ने कुरा भएन, ढुक्क हुनुहोस दशै अघि हिड्न लायकको बाटो बन्छ ।’

केही दिन अघि जहाजबाट जिल्ला आउनुभएका सांसद गौतमले फर्किदा उक्त बाटोको अनुगमन गर्दै फर्किने समेत बताउनुभयो ।

खाँदबारी एफ एममा सांसद गौतमले दिनुभएको अन्तरवार्ता भिडियोमा हेरौं

सम्बन्धित समाचार