यमनमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता



यमन । हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता भएको छ। यमनका स्थानीय अधिकारीहरुले डुङ्गा हराएको शनिबार पुष्टि गरेको जनाएका छन्।

राज्यद्वारा संचालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा ५५ जना यात्रुसहित एउटा डुङ्गा बेपत्ता भएको सूचना आफूहरुले प्राप्त गरेको सरकारी अधिकारीहरुले जनाएको उल्लेख गरेको छ।  उनीहरुका अनुसार सोकोट्रा टापुतर्फ जादै गरेको बेला डुङ्गा बेपत्ता भएको हो। अधिकारीहरुले वेपत्ता भएका यात्रु र डुङ्गाको खोजी भइरहेको बताएका छन्।

सम्बन्धित समाचार