संसद सचिवालयमा जडान गरिएको लिफ्ट एक महिनामैबिग्रियो, कर्मचारी थुनिए



काठमाडौं । सिंहदरबार स्थित संघीय संसद सचिवालयको भवन नम्बर २ मा जडान गरिएको लिफ्ट एक महिनामै बिग्रिएको छ। संचालनमा आएको एक महिनामै बिग्रिएको लिफ्टमा आइतबार दुई पटक कर्मचारी थुनिए। एक महिना अघिमात्रै औपचारिक रूपमा संचालनमा आएको लिफ्ट दिनमै दुई पटक बिग्रिँदा संसद सचिवालयका कर्मचारी भित्रै अड्किएका छन्।

५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर निर्माण गरिएको लिफ्ट आइतबार दुई पटक बिग्रिएको थियो। लिफ्ट बीचमै अड्किँदा संसद सचिवालयका कर्मचारी आधा घण्टाभन्दा भित्रै थुनिएका थिए। आइतबार पौने १० बजे पहिलो पटक लिफ्ट बिग्रिएको थियो। त्यति बेला लिफ्टमा रहेका संसद सचिवालयका एक अधिकृत र एक खरिदार झन्डै पौने घण्टाभन्दा बढी समय भित्रै फसेका सचिवालयका एक कर्मचारीले जानकारी दिए।

आजै दोस्रो पटक अपराह्न ४ बजेतिर लिफ्ट बिग्रिएको थियो। दोस्रोपटकमा लिफ्ट बिग्रिँदा एक मर्यादापालक थुनिएका थिए। उनी २० मिनेटभन्दा बढी समय लिफ्टभित्रै थुनिएका थिए। राष्ट्रियसभामा अपांग सांसद पनि भएकाले अपांग मैत्री लिफ्ट निर्माण गरिएको हो। अपांग सांसदहरूलाई समिति बैठकमा सहभागी हुन माथिल्लो तलामा जान अप्ठेरो भएकाले लिफ्ट निर्माण गरिएको हो।

सम्बन्धित समाचार