नेकपाका कार्यकर्ताले राखेको विस्फोटक पदार्थ बरामद



भद्रपुर । अर्जुनधाराबाट ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद गरिएको छ। बरामद गरिएको स्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राति अर्जुनधारा नगरपालिका–१ स्थित एक घरमा भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार बमका लागि आवश्यक निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायतका वस्तु बरामद  भएको छ। बरामद गरिएको विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। विस्फोटक पदार्थको विषयमा सोमबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

उनले भने, ‘बरामद गरिएको विस्फोटक पदार्थमा बम बनाउन प्रयोग हुन्छ, बाँकी कुरा पत्रकार सम्मेलनमै जानकारी गराउने छु।’  जिल्लामा श्रंखलावद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि झापा प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको छ। उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..